दिल्लीको ट्वीट- सन्दिपले कति विकेट लिन्छन ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 215 पटक हेरिएको

माघ २६ । आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानलाई १ सय ३९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा १ सय ३८ रनमा अलआउट भयो।

खेलपछि आर्इपिएल टिमले नेपालले ओमानलाई दिएको लक्ष्य बारे ट्वीट गरेको छ। उसले दिल्लीमा आवद्ध आफ्ना खेलाडी सन्दिप लामिछानेले हिजो नामिबिया विरुद्धको खेलमा ४ विकेट लिएर म्याच अफ दि म्याच भएको उल्लेख गर्दै लेखेको छ , ‘सन्दिपले आज कति विकेट लिन सक्लान ?’

यसअघि नेपालले हिजो भएको खेलमा नामिबियामाथि अन्तिम ओभरमा भएको १ रोमाञ्चक जित हात पारेको थियो। खेलमा सन्दीप लामिछाने म्याद अफ दी म्याच भएका थिए। उनको उत्कृष्ट बलिङको सहयोगमा नेपालले नामिबियालाई १ सय ३८ रनमा समेटेको थियो।

८.२ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिएर १८ रन दिएका थिए।

सन्दिपसँगै बसन्त रेग्मीको उत्कृष्ट प्रदर्शनमा नेपालले ४९.२ ओभरमा नामिबियामाथि जीत हात पारेको थियो। सन्दीपको बलिङबाट दिल्ली डेयरडेभिल्स समेत प्रभावित भएको थियो। उसले समाजिक सञ्जालमार्फत ‘ब्रिलियन्ट स्पेल’ भन्दै प्रशंसा गरेको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey