नेयमार विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सक्छन् : रोनाल्डो
- नेप्लेज
- |
- २०७४-१०-२५
- |
- 248 पटक हेरिएको
माघ २५ । ब्राजिलियन रोनाल्डोले नेयमार विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सक्ने बताएका छन् ।
पूर्व क्लब रियल म्याड्रिडले नेयमारलाई आबद्ध गर्न प्रयास गरिरहेका बेला रोनाल्डोले क्लबलाई थप प्रोत्साहित गरेका हुन् । नेयमार गत
समरमा १९८ मिलियन पाउण्डको कीर्तिमानी रकममा बार्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी आबद्ध भएका थिए ।
बार्सिलोनामा हुँदा मेस्सीको छायाँमा परेका नेयमार पेरिसमा उत्कृष्ट लयमा देखिएका छन् । उनले २६ खेलमा २७ गोल गरिसकेका छन् ।
‘नेयमार केही बर्षमा विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्नेछन् ।’ पाँच बर्ष रियलमा विताएका ब्राजिलियन लिजेन्ड रोनाल्डोले भने ‘रियल मड्रिड यस्तै खेलाडी चाहन्छ ।’
‘रियल मड्रिडका कुनै पदाधिकारीले नेयमारको बारेमा कुरा गरेको मैले सुनेको छैन तर खराब फर्मको शिकार बन्दै आएको रियलले यस बारेमा सोचेमा सिजन राम्रो हुन सक्छ ।’ रोनाल्डोले थपे ।