डिभिजन २ का लागि नेपाली टिम नामिविया उड्यो, विश्वकप छनोटको लक्ष्य
- नेप्लेज
- |
- २०७४-१०-२१
- |
- 146 पटक हेरिएको
माघ २१ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि नेपाली टिम आज नामिविया प्रस्थान गरेको छ ।
घरेलु प्रशिक्षण पछि १० दिनको बैदेशिक अभ्यासका लागि युएई गएको नेपाली टिम आज युएई बाट नामिविया गएको हो ।
युएईमा नेपालले तीन अभ्यास खेल खेलेको थियो । जसमा दुई खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको भएको थियो ।
नेपाली टिमका प्रशिक्षक जगत टमाटाले अभ्यास राम्रो भएको बताउदै नामिवियामा हरेक खेलमा जितका लागि मैदानमा उत्रने बताए ।
नामिवियाको कन्डिसन अलि फरक रहेको र विपक्षीहरु पनि राम्रा रहेकाले त्यहि अनुसारको रणनितीका साथ मैदानमा उत्रने बताए ।
मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा घरेलु टिम नामिवियासंग खेल्नेछ ।
कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको शिर्ष दुई स्थानमा रहने सके नेपालले २०१९ को एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछ ।
जुन जिम्वावेमा मार्च महिनामा हुनेछ । यसपटक नेपाली टिममा केहि युवा खेलाडी समेत रहेका छन । जसमा रोहितकुमार पौडेलमा धरैको आँखा रहेको छ ।