नेपालले पायो २१६ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 214 पटक हेरिएको

माघ १९ । आइसीसी डिभिजन २ को तयारीका लागि बैदेशिक प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा युएई को ए टिमबाट २१६ रनको लक्ष्य पाएको छ ।

नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

युएईको ग्लोबल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको घरेलु टिम ५० ओभरमा ८ विकेट गुमाउदै २१५ रन बनायो ।

नेपालको कसिलो बलिङ सामु सुरुवात देखि दबावमा रहेको युएई ए टिमका लागि चिराग सुरीले सर्वाधिक ८५ रन बनाए ।

यस्तै अली मिर्जाले ४२ तथा इतिकर रहमानले ३३ रनको योगदान गरे । यस्तै फवाद नवाजले १७ र सक्लिन हैदरले १३ रन जोडे ।

बलिङ तर्फ नेपालका सोमपाल कामीले ३ तथा ललीत भण्डारीले २ विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र सन्दिप लामिछानेले १–१ विकेट हात पारे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey