अन्तर्राष्ट्रिय जुनियर टेनिस हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 197 पटक हेरिएको

माघ १८, काठमाडौं । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आईटीएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने नेपाल लन टेनिस संघकी अध्यक्ष ज्योति राणाले जानकारी दिइन् ।

प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, चीन, पोल्याण्ड, चाइनिज ताइपे, क्यानडा, लाओस, हङकङ र अमेरिकाका खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष र महिलाको एकल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । उक्त दुवै सर्किटको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey