मोनाको फ्रेञ्च लिग कपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 287 पटक हेरिएको

माघ १८ । फ्रान्सको नकआउट फुटबल प्रतियोगिता लिग कपको उपाधिका लागि मोनाको र पेरिस सेन्ट जर्मेइन् पीएसजी आमनेसामने हुने भएका छन् ।

गएराति भएको दोस्रो सेमिफाइनलमा मोन्टपिलरलाई २–० गोलले हराउँदै मोनाकोले फाइनल यात्रा तय गरेको हो ।

यसअघि बुधबार राति भएको पहिलो सेमिफाइनलमा रिनलाई ३–२ गोलले हराउँदै पीएसजी फाइनलमा पुगेको थियो ।

मोन्टपिलरबिरुद्ध मोनाकोका स्टार स्ट्राइकर रामाडेल फाल्काओले दुवै गोल गरे । फाल्काओले खेलको १५औं र २९औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा मोन्टपिलर खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।

मोनाको र पीएसजीबीचको फाइनल खेल आगामी मार्च ३१ तरिकमा हुनेछ । गत संस्करणको फाइनलमा पनि यी दुवै टोली भिडेकोमा पीएसजी ४–१ गोलले विजयी हुँदै सातौं पटक प्रतियोगिताको उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey