विश्वकप छनाेट खेलेर नेपाली फुटबल टिम स्वदेश फिर्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 856 पटक हेरिएको

फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट खेल्नका लागि कुवेत गएको टिम आज राति काठमाडौं आइपुगेको छ ।

नेपाली टिम कतार एयरवेजको उडानमार्फत काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका छन् ।

जेठ ११ गते २३ खेलाडी र १२ अफिसियल गरि ३५ जनाको टोली इराकहुँदै कुवेत प्रस्थान गरेको थियो ।

कोरोना महामारीका कारण एएफसीले न्यूट्रल भेन्यूका रुपमा कुवेतमा आयोजना गरेको प्रतियोगितामा नेपालले खेलेका तीन खेल मध्य एक खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको थियो ।

विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एशियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी नै रहेको छ । त्यसका लागि अहिले अन्य टिमहरुको पनि समूह चरणको खेल सकिनु पर्ने छ ।

नेपाली फुटबल टिमको प्रशिक्षकका कतारका अब्दुल्लाह अल्मुताइरी आएपछि पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमको प्रदर्शन भने उत्कृष्ट मान्न सकिन्छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey