करिव डेढ बर्षपछि कोर्टमा फर्किएका स्विस खेलाडी रोजर फेडेररले उत्कृष्ट कमब्याक गरेका छ ।
यसअघि भएका यूएस ओपन र अष्ट्रेलियन ओपन चोटका कारण गुमाएका फेडेररले डेनिस स्टोमिनलाई तीन शुन्यको सोझो सेटमा हराए ।
दुई पटक घुँडाको शल्यक्रिया गरेका २० पटकका ग्राण्डस्लामविजेता फेडेररले डेनिसलाई छ दुई, छ चार र छ तीनको सेटमा हराए । फेडेरररले उज्वेकिस्तानका डेनिसविरुद्ध तीनै सेटमा सहज जित निकाले ।
फेडेररले सन् २०१९ मा विम्बल्डन खेलेपछि कुनैपनि ग्राण्डस्लाम खेलेका थिएनन् । ३९ बर्षे फेडेररले डेनिसविरुद्ध निकै सहज तरिकाले खेलेका थिए ।
यस्तै रसियन खेलाडी डानील मेदभेदेभले पनि कजाकस्तानका एलेक्जान्देर बुबलिकलाई छ तीन, छ तीन र सात पाँचको सेटमा पराजित गरे ।