एसियन च्याम्पियनसिपलागि महिला भलिबलका ३० खेलाडी बन्द प्रशिक्षणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 528 पटक हेरिएको

फिलिपिन्समा आयोजना हुने एसियन भलिबल महिला च्याम्पियनसिपका र सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि नेपाल भलिबल संघले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

पूर्व प्रशिक्षक जगदिश भट्ट र संघकी उपाध्यक्ष निराज मास्केको टिमले छनौट गरेका खेलाडीमा ३० जना रहेका छन । जसमा पाँच जना बैकल्पिक रहेका छन ।टिमको बन्द प्रशिक्षण जेठ २१ गतेबाट सुरु हुने भएको छ  ।

संघको शुक्रबार बसेको भर्चुअल बैठकले टिमको प्रशिक्षण जेठ २१ बाट गर्ने निर्णय गरेको हो । मुख्य प्रशिक्षक जगदीश भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिइएको छ । टिमको व्यवस्थापक संघका उपाध्यक्ष समेत रहेकी निरोज मास्के रहेकी छिन् ।

संघले बोलाएको खेलाडीमा न्यू डायमण्डबाट चार खेलाडीले पहिलो पटक स्थान बनाएका छन । जसमा बाल्मिबा आचार्य, झरना श्रेष्ठ, रियाल कुँवर र रिमा कुवर छन । यस्तै आर्मीकी खेलाडी कृपा अधिकारीले करिव दुई बर्षपछि टिममा स्थान बनाएकी छिन ।

बन्द प्रशिक्षणका लागि आर्मीबाट आठ खेलाडी परेका छन भने पुलिस, एपीएफ र न्यू डामण्डबाट सात सात खेलाडी परेका छन ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

नेपाल पुलिस-उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द

एपीएफ-सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी

आर्मी-सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो

न्यु डायमण्ड –प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य

भरतपुर- सरस्वती कट्टेल

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey