युभेन्टसले अर्को सिजनमा प्रयोग गर्ने किट्स सार्वजनिक गरेको छ । यो सिजनमा च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्षरत युभेन्टस छोड्ने चर्चामा रहेका क्रिस्टियानो रोनाल्डोलाई पनि प्रयोग गरिएको छ ।
युभेन्टसले नयाँ जर्सीमा पनि परम्परागत कालो र सेतो धर्सा भएको जर्सीलाई नै तयार पारेको छ । उनले आफ्नो नयाँ जर्सीलाई आधिकारीक वेबसाइटबाट सार्वजनिक गरेको हो ।
युभेन्टसले लगातार सिरी ए को उपाधि जित्दा यो सिजनमा भने उपाधि विहिन हुने भएको छ । यस्तै च्याम्पियन्स लिगमा पनि अन्तिम १६ बाट बाहिरीएको थियो । यतिमात्र होइन, घरेलु लिगमा शिर्ष चारमा रहनपनि असफल हुने संभावना रहेको छ ।
रोनाल्डोको युभेन्टससँगको सम्झौता सन् २०२२ मा सकिनेछ ।