स्कटिस प्रिमियर लिगको उपाधि जितेको स्टेभेन जेरार्डका टिम रञ्जेर्सको खेलाडीमाथि स्कटल्याण्डको पुलिसले अनुसन्धान सुरु गरेको छ ।
यो सिजनमा अपराजित रहँदै लिगको उपाधि जितेको रञ्जेर्सका खेलाडीले उपाधिको सेलिब्रेसनका क्रममा ड्रेसिङ रुममा अपशब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि पुलिसले अनुसन्धान गर्ने भएको छ । उनले पोपको नाम लिएर अपशब्द प्रयोग गरेको बताइएको छ ।
शनिबार भएको लिगको अन्तिम खेलपछि स्कटीस प्रिमियर लिगको उपाधि जितेको थियो । स्टकल्याण्ड पुलिसले सेलिब्रेसनका क्रममा खेलाडीले सेक्रेटेरियन भाषा प्रयोग गरेको बताएका छन ।
तर क्लवले विज्ञेप्ती जारी गर्दै आफ्ना खेलाडीले कुनै त्यस्तो गलत नियतले भाषा प्रयोग नगरेको बताएको छ । सोसियल मिडियामा सार्वजनिक भएको भिडियोबाट आफुहरु सचेत भएको र त्यो भिडियोले खेलाडीलाई नकारात्मक देखाउन खोजेको बताएको छ ।
साथै क्लवले पुलिसको अनुसन्धानमा पुर्ण रुपमा सहयोग गर्ने बताएको छ । यसअघि स्कटिस फुटबल र रञ्जेर्सका पदाधिकारीले समर्थकको ब्यवहारको आलोचना गरेका थिए ।