वल्ड टेष्ट च्याम्पियनसिप र इंग्ल्याण्डसँगको सिरिजका लागि भारतीय टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२४
  • |
  • 625 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिज र वल्ड टेष्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टिमको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको खेलाडीको सूचीमा २० जना राखिएको छ ।

बीसीसीआईले सार्वजनिक गरेको सूचीमा हार्दिक पाण्ड्या र कुलदिप यादवलाई राखिएको छैन । यस्तै लोकश राहुल र रिद्धमान शाहले फिटनेश टेष्ट पास गर्नुपर्ने भएको छ ।

न्यूजिल्याण्डविरुद्ध अगष्टको १८ देखि २२ तारिखमा हुने टेष्ट च्याम्पियनसिपको फाइनलपछि भारतले इंग्ल्याण्डसँग पाँच टेष्टको सिरिज खेल्नेछ । जुन अगष्टमा सुरु भएर सेप्टेम्बरमा सकिनेछ ।

इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिज अगष्टको चार तारिखबाट सुरु हुनेछ । भारतीय टिम जुन दुई तारिखमा इंग्ल्याण्ड प्रस्थान गर्नेछ ।

भारतले दुई टुरका लागि कुल २४ खेलाडी इंग्ल्याण्ड लाने भउको छ । जसमा अभिमन्यूपनि टिममा छन । यस्तै तीन जना तिब्रगतिका अतिरीक्त बलरलाई पनि टिममा राखिएको छ । जसमा प्रशिद्ध कृष्ण, आभेष खान र अर्जान छन ।

भारतीय टिम

विराट कोहली, अजिन्क्या राहाणे, रोहित शर्मा, शुभंम गिल, मायांक अग्रवाल, चेतेश्वर पुजारा, हनुमान विहारी, रिशब पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्सर पटेल, वासिंटन सुन्दर, जसप्रित बुम्राह, इशान्त शर्मा, मोहम्मद सामी, मोहम्मद सिराज, सारदुल ठाकुर, उमेश यादव, लोकेश राहुल, रिद्धमान शाह

स्ट्याण्डबाई खेलाडी

अभिमन्यू इसवारान, प्रशिद्ध कृष्ण, आभेष खान, अर्जान

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey