च्याम्पियन्स लिग जितेमा चेल्सीका खेलाडीले ११ र सिटीकाले १५ मिलियन बाेनस पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 535 पटक हेरिएको

च्याम्पियन्स लिगको उपाधि यदि चेल्सीले जितेको खण्डमा ११ मिलियन बोनस पाउने भएका छन ।

टोमस टुसेलेको टिम चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा पुगेसँगै पाँच मिलियन बोनस पक्का गरेका छन । त्यसमा पनि मे २९ तारिखमा इस्तानबुलमा म्यानचेस्टर सिटीलाई हराएको खण्डमा थप ५ मिलियन बोनस पाउनेछन । यस्तै एफ ए कपको फाइनल जितेमा अरु एक मिलियन आफ्नो पोकेटमा थप्नेछन ।

क्लवको इतिहासमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको चेल्सीले सिमित दर्शकका माझ इन्तानबुलमा फाइनल खेल्नेछ । त्यो भन्दा अगाडी उसले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाइनल खेल्नेछ ।

यता सिटीले च्याम्पियन्स लिगको उपाधि जितेको खण्डमा १५ मिलियन बोनस दिने क्लवले बताएको छ । इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटीले उपाधि जितेमा नयाँ रेकर्डपनि बनाउनेछ ।

क्लवले उपाधि जितेबाफत पाउने पुरस्कार सबै खेलाडीलाई बाढ्ने बताएको छ । च्याम्पियन्स लिगको उपाधि जित्ने टिमले एक सय मिलियन पाउण्ड पाउनेछन । त्यसमा अरु ब्रोडकास्टको रेभेन्यू पाउनेछन । यसका साथै यूइएफएले मात्र १६.५ मिलियन पाउण्ड छुट्टै दिनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey