‘सुपर लिगले फुटबलको सिस्टम नै ध्वस्त पारिदियो’–पिके

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 695 पटक हेरिएको

नेप्लेज,बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले सुपर लिगले फुटबलको सिस्टम नै ध्वस्त पारेको टिप्पणी गरेका छन् ।

युरोपका शिर्ष क्लबहरुले आइतबार घोषणा गरेको नयाँ सुपर लिगको सर्वत्र बिरोध भएपछि बाध्य भएर १० क्लबहरुले समर्थन फिर्ता लिएका थिए । लिगमा अब स्पेनिश क्लब रियल र बार्सिलोना मात्र बाँकी छन् ।

पिकेले आफ्नो क्लब ठुलो आर्थिक समस्याबाट गुज्रिरहेको र यसका बारेमा क्लबका नयाँ अध्यक्ष लापोर्टाले उचित कदम चाल्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।

‘यो अवस्थामा बार्सिलोना पनि सुपर लिगको एक खोजकर्ताको रुपमा रहेको छ,यो सम्पुर्णको मुख्य कारण क्लबहरुको आर्थिक समस्याको कुरा नै हो,च्याम्पियन्स लिगले ३.५ विलियन युरो दिन्छ भने सुपर लिगले त्यसको तेब्बर आम्दानी हुन्छ भन्ने योजनाले लिग ल्याइएका रहेछ’ पिकेले भने ।

पिकले यस लिगले गर्दा समग्र फुटबलको सिस्टम नै ध्वस्त पारेको बताए । जसका कारण सेभिल्ला,भ्यालेन्सिया,एभर्टन,लेस्टर र नापोलीजस्ता क्लब निराश हुने पिकेले बताए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey