चेन्नाईको तेस्रो जित, तालिकाको शीर्ष स्थानमा उक्लियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 602 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नाई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले वुधबार कोलकता नाइट राईडर्ससलाई १८ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । चेन्नाईले चार मध्य तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ ।


रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सको पनि समान ६ अंक रहे पनि रन रेटका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
चेन्नाईले दिएको २२१ रनको लक्ष्य पछ्याएको कोलकता १९.१ ओभरमा २०२ रनमा समेटिन पुग्यो । कोलकताका शुरुवात पनि राम्रो भएन । ३१ रन बनाउँदा पाँच विकेट गुमाएको कोलकताका लागि आन्द्रे रसेलले केहीबेर पारि सम्हालेका थिए । रसेलले २२ बलमा ५४ रनको पारि खेल्दै आउट भएका थिए ।


ओपनिङ आएका सुभमन गिल डकआउट भएका थिए । दोस्रो विकेटको रुपमा नितिश राणा पनि व्यक्तिगत नौं रन बनाएर पमेलियन फर्किए । तेस्रो विकेटको रुपमा कप्तान इयोन मोर्गन सात रन बनाएर आउट हुँदा कोलकताको स्कोर २७ रन भएको थियो । कोलकताको स्कोर ३१ रन भएका बेला चौथो र पाँचौं विकेट खेर फालेको थियो । चौथो विकेटको रुपमा सुनिल नराइन चार बनाएर आउट भए भने राहुल त्रिपाठी ८ रन बनाएर पाचौं विकेटको रुपमा पभेलियन फर्किए ।


त्यसपछि दिनेश कार्तिक र आन्द्रे रसेलले कोलकताको पारि अघि बढाएका थिए । यी दुईबीच छैटौं विकेटका लागि ३९ बलमा ८१ रनको साझेदारी गरेका थिए । २१ बलमा अर्धशतक पुरा गरेका रसेललाई साम करणको योर्कर बलमा शिकार गरेका थिए । रसेलले आफ्नो इनिङमा छ छक्का र तीन चौका प्रहार गरेका थिए । रसेल आउट हुँदा कोलकताको स्कोर ११२ रन भएको थियो ।


सातौं विकेटको रुपमा अर्का सेट ब्याट्सम्यान दिनेश कार्तिकलाई कोलकताले गुमाएको थियो । २४ बलमा दुई छक्का र चार चौका प्रहार गरेका कार्तिक ४० रन बनाएर आउट भएका थिए । उनी डिआरएस नियमका आधारमा फिल्ड अम्पायरले निर्णय सच्याउँदै आउट दिएका थिए ।
आठौं विकेटको रुपमा कमलेश नगरकोटी, प्रसीद्ध कृष्ण र बरुण चक्रवर्तिले खाता खोल्न सकेनन् । अन्तिम ओभरमा २० रन चाहिएका बेला पेट कमिन्सले नटआउट ६६ रन बनाएपनि हार भने टार्न सकेनन् ।


चेन्नाईका लागि दीपक चाहरले चार विकेट लिँदा लुंगि एनगिडीले तीन विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा तीन विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पारेको थियो । चेन्नाईका लागि ऋतुराज गायकवाड र फाफ डु प्लेसिसले शतकीय साझेदारी गर्दै बलियो शुरुवात गरेका थिए । गायकवाड ६४ रन बनाएर आउट भएका थिए । उनले चार छक्का र छ चौका प्रहार गरेका थिए ।


दोस्रो विकेटको रुपमा मोइन अलीलाई चेन्नाईले गुमाएको थियो । अलिले १२ बलमा २५ रन बनाउँदा दुई चौका र दुई छक्का प्रहार गरेका थिए ।
कप्तान महेन्द्र सिंह धोनी भने १७ रन बनाएर आउट भएका थिए । त्यसपछि अन्तिमसम्म क्रिजमा नटआउट रहेका प्लेसिसले ६० बलमा नौं चौका र चार छक्काको मद्दतले ९५ रन बनाए ।


यसैगरी रविन्द्र जडेजा पनि ६ रनमा नटआउट रहेका थिए ।

कोलकताका बरुण चक्रवर्ति, आन्द्रे रसेल र सुनिल नराइनले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey