युएईका कादिर पाँच बर्षको प्रतिबन्धमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 249 पटक हेरिएको

यूएईका कादिर अहमदलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले पाँच बर्षको प्रतिबन्ध लगाएको छ । यूएईका लागि मध्यम गतिका बलर अहमदलाई आइसीसीको एन्टी करप्सन युनिटले पाँच बर्षका लागि प्रतिबन्ध लगाएको हो ।

उनको यो प्रतिबन्ध सन् २०१९ को अक्टोबर ६ तारिखबाट लागु हुनेछ । त्यो बेला नै कादिरले नियम उलंघन गरेको भन्दै तत्काल लागु हुने गरेर निलम्बन गरेको थियो । उनीसँगै मोहम्मद नाभिद र सैमन अनवरलाई पनि आइसीसीले प्रतिबन्ध लगाएको छ । नाभिद र अनवरलाई आठ बर्षको प्रतिबन्ध सुनाइसकेको छ ।

३५ बर्षे कादिरलाई आइसीसीले सन् २०१५ देखि २०१९ सम्म खेल्दा खेल मिलोमतोमा संल्गन रहेको बताएको छ । उनले सन् २०१९ मा भएको दुई देशिय सिरिजमा मिलोमतो गरेको बताइएको छ । यसका साथै उनलाई १६ देखि १९ हजार अमेरीकी डलर जरिवानापनि लगाएको छ ।

उनले पहिलो पटक २०१५ मा जिम्बावेसँगको सिरिजमा खेल मिलोमतो गर्न खोजेको र त्यसपछि नेदरल्याण्ड्सँगको सिरिजमा पनि संलग्न रहेको बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey