चेन्नेईले राजस्थानलाई एक सय ८९ रनको लक्ष्य
- नेप्लेज
- |
- २०७८-०१-०६
- |
- 317 पटक हेरिएको
ईन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई एक सय ८९ रनको लक्ष्य दिएको छ ।
मुम्बईमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे चेन्नईले २० ओभरमा नाै विकेट गुमाउदै एक सय ८८ रन बनायो ।
चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन बनाउँदा मोइन अलीले २६ रन बनाए । यस्तै
ड्वेन ब्राभोले अविजित २० रन बनाए ।
चेन्नेईका कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८-१८ रन बनाए भने साम कुरन १३ रन तथा रुतुराज १० रनकाे याेगदान गरे ।
राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।