आईपीएलमा दिल्लीले राजस्थानलाई दियो १४८ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 615 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४७ रन बनायो । दिल्लीको शुरुवात भने राम्रो रहन सकेन ।


ओपन पृथ्वी सा दुई रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि लगातार दिल्लीले विकेट गुमाएको थियो ।

अर्का ओपनर शिखर धवन पनि व्यक्तिगत नौं रन बनाएर पभेलियनको बाटो लागेका थिए । अजिंक्या रहाने पनि धेरै बेर टिक्न सकेनन् । उनी ८ रन बनाएर आउट भएका थिए ।

लगत्तै मार्कस स्टोनिस खाता नै नखोली आउट भएपछि दिल्ली दवाबमा आएको थियो ।


कप्तान ऋषभ पन्तले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पुरा गरेका थिए ।

३२ बलमा ५१ रन बनाएका बेला पन्त रनआउटको शिकार भएका थिए । ललित यादवले २० रन बनाउँदा टम कुरानले २१ रनको योगदान गरेका थिए । क्रिस वोक्स १५ रनमा नटआउट रहँदा उनलाई कागिसो राबडाले ९ रन बनाएर साथ दिए ।

रविचन्द्र आश्विन ७ रनमा रनआउट भएका थिए । जयदेव उनादकटले तीन विकेट लिँदा मुस्तिफिजुर रहेमानले दुई विकेट लिए । दिल्लीले पहिलो खेलमा जित हात पारेको थियो भने राजस्थान पहिलो खेलमा पराजित भएको टिम हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey