वैजनाथपुर मैदानमा रिचा मेमोरियल टी २० क्रिकेट प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 546 पटक हेरिएको

वैजनाथपुर क्रिकेट मैदानमा राट्रिय टी २० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठले रिचा मेमोरोरिय टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

१५ गतेदेखि २२ गतेसम्म आयोजना हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीले आयोजना गर्ने उक्त प्रतियोगितामा विभागीय टिमहरु एपीएफ, पुलिस र आर्मीले पनि सहभागिता जनाउने तयारी गरेको पनि बताइएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख र उप विजेता हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्ने छ ।

रिचा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी युनिल श्रेष्ठ तथा मञ्जीत श्रेष्ठकी वहिनी हुन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey