आईपीएलमा आज वार्नर र मोर्गन आमने सामने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 568 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्ससबीच प्रतिस्पर्धा हुँदै छ ।

यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नाईमा हुने छ ।

कोलकता इयोन मोर्गनको कप्तानीमा रहेको छ भने हैदरावाद डेभिड वार्नरको कप्तानीमा रहेको छ ।

सन् २०१६ को आईपीएल उपाधि जितेको हैदरावाद त्यसपछि लगातार प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो ।

२०१८ को फाइनल खेलेको हैदरावाद चेन्नाईसँग पराजित हुँदै उप विजेता भएको थियो भने गत संस्करणको प्ले अफमा हैदरावादलाई पराजित गर्दै दिल्लीले फाइनलमा स्थान बनाएको थियो ।

हैदरावाद यस सिजन पनि आफ्नो बलिङ लाइनअपकै माध्यमबाट खेल जित्ने लक्ष्यमा रहेको छ । भुवनेश्वर कुमार, टी नटराजन, सन्दीप, खलिल अहमद तथा राशिद खान, मुजीब, नबी र नदीम जस्ता खेलाडीमा भर परेको छ ।

कोलकता पछिल्लो सिजन भने पाँचौं स्थानमा रहेको थियो । यो सिजन उत्कृष्ट शुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । केकेआरका लागि आन्द्रे रसेलको भूमिका महत्वपूर्ण हुने छ ।

Sunrisers Hyderabad

डेविड वॉर्नर (कप्तान), जॉनी बेयरस्टो, केन विलियमसन, मनीष पांडे, अब्दुल समाद, अभिषेक शर्मा, विजय शंकर, भुवनेश्वर कुमार, राशिद खान, संदीप शर्मा, टी नटराजन

Kolkata Knight Riders

इयोन मॉर्गन (कप्तान), शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, दिनेश कार्तिक, आंद्रे रसेल, पैट कमिंस, वरुण चक्रवर्ती, हरभजन सिंह, लोकी फर्ग्युसन, प्रसिद्ध कृष्णा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey