सिमा राजबंशी सेमिफाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 374 पटक हेरिएको

कस्तुरी कलेजकी सिमा राजबंशी प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन् । बिश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सिमाले शनिबार सम्पन्न प्रिक्वाटरफाईनल खेलमा पकलीकी नविना राईलाई २१–८, २१–७ को सोझो सेटमा पराजित गरेकी हुन् । क्वाटरफाईनलमा काकरभित्ताकी अञ्जना राई र बिराटनगरकी भावना गुरुङ्गविचको विजेता संग क्वाटरफाईनलमा खेल्नु पर्नेमा दुवै उपस्थित नभए पछि सिमाले सिधै एक प्रतियोगिता खेल्दै सेमिफाईनलमा स्थान बनाएकी हुन् ।

अन्तिम आठमा प्रवेश गर्ने अन्यमा धनकुटाकी गिता राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राई, सुनसरीकी सृष्टी राई, धनकुटाकी अरुणा तामाङ्ग, सुनसरी ब्याडमिन्टन एकेडेमीकी आरजु सिग्देल र बिराटनगरकी रोजी पाण्डे रहेका छन् ।

गिताले सुनसरीकी लिना छेवाङ्गबाट वाकओभर प्राप्त गरिन् । यस्तै रोजी राईले सुनसरी ब्याडमिन्टन एकेडेमीकी संध्या श्रेष्ठलाई २१–१०, २१–१३, सृष्टीले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोश्मीता राईबाट वाकओभर, अरुणाले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुदेश्ना गुरुङ्गलाई २१–६, २१–८, आरजुले राजवासकी रेश्मा राईबाट वाकओभर र रोजले बेलटार ब्याडमिन्टन एकेडेमीकी स्मृती राईलाई २१–३, २१–१ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुल्ला युगल तर्फको खेलमा संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी क्वाटरफाईनल प्रवेश गर्न सफल भयो ।

उक्त जोडीले ईटहरीका कुशुम मगर र उदय थापाको जोडीलार्य २१–१४ को समान अन्तरले पराजित गरेको हो । यस्तै बेलबारीका अजय चौधरी र मन्दिप घलेको जोडीले ओखलढुङ्गाका एजुकेल राई र मनिष राईको जोडीलाई २१–८, २१–१७, धरानका प्रकाश लिम्बु र श्याम सुब्बाको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका केनिश मगर र निर्जल मगरको जोडीलाई २१–१३, २१–११, सुनसरीका सन्तोष खड्का र रविन साउदेनको जोडीले बेलबारीका दिनेश पन्त र मुहाङ्ग राईको जोडीलाई २१–११, २१–१९, ईटहरीका सुसन राई र राम योञ्जनको जोडीले बेलटार ब्याडमिन्टनका बिनय चौधरी र सनिल चौधरीको जोडीलाई २१–९, २१–१२, पाँचथरका एशिया जुवेगु र तेर्हथुमका नविन सिलवालको जोडीले ईटहरीका रमेश लामिछाने र अशोक राईको जोडीलाई २१–८, २१–७ले, बेलबारीका नविन राई र लाक्पा शेर्पाको जोडीले ईटहरीका पुर्ण बुढा र सविन खनालको जोडीलाई २०–२२, २१–१७, २१–१९ ले तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडीले ते¥हथुमका रविन अङखेवा र झुम्काका नुनुलाल चौधरीबाट वाकओभर प्राप्त गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् ।

प्रतियोगिताको क्वाटरफाईनल आजै ढिलोगरि हुने प्रतियोगिता रेफ्रि तथा म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी गराएका छन् । यस्तै शाक्यका अनुसार आईतबार सेमिफाईनल र फाईनलका खेलहरु हुने छन् ।

प्रतियोगिताको महिला एकल तर्फ १६, पुरुष युगल तर्फ २१, आन्तरिक युगल तर्फ ५२ र भेट्रान्स तर्फ २१ जोडीले सहभागिता जनाएका छन् ।
करिव १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शिर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै महिला एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार पाउनेछन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey