नेपालको खेल हेरेर फर्किएका दर्शक भन्छन् ‘नेपालको गोल हेर्ने इच्छा अपुरै भयो’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१५
  • |
  • 555 पटक हेरिएको

सूर्यध्वज तामाङ,नेप्लेज । विश्वकप छनोटका खेलहरु सरेपछि नेपालले आफ्नै घरेलु मैदानमा त्रीदेशीय फुटबल लिगको आयोजना गय्रो । जसमा बंगलादेशको राष्ट्रिय टोलीसहित किर्गिस्तानको यु २३ टिमको सहभाागिता रहेको थियो ।

लामो समयपछि घरेलु मैदानमा फुटबल फर्किने भएपछि नेपाली समर्थकहरु उत्साहित भएका थिए तर एन्फाले खेल हेर्नका लागि टिकट मुल्य ७०० र १५०० तोकेपछि नेपाली फुटबल समर्थकहरुले आक्रोशका साथै एन्फाको आलोचनासमेत गरेका थिए ।

प्रतिायोगिताको लागत १ करोड लाग्ने र डेढ करोड उठाउने एन्फाकोे योजना रहेकोे थियो । १२ हजार दर्शकलाई मैदान प्रवेश गराउने लक्ष्य राखेको एन्फाले कोरोनाकोे कहर फेरी शुरु भएपछि सुरक्षालाई ध्यानमा राख्दै ८ हजार मात्रै टिकट बिक्री गर्ने निर्णय लियो तर नेपालको पहिलो खेलमा रंगशालामा आएर खेल हेर्ने दर्शकको संख्या सोचेभन्दा कम नै थियो ।

नेपालको पहिलो खेलमा उपस्थित दर्शकहरु लामो समयपछि रंगशालामा राष्ट्रिय टिमको खेल हेर्न पाउँदा उत्साहित थिए । पासिङ र डिफेन्समा अब्बल देखिएको नेपाली टोली बारम्बार मौका पाउँदा पनि गोल गर्नबाट चुक्दा भने समर्थकमा निराशा बढेकोे देखिन्थ्यो ।

 

बंगलादेशबिरुद्धको दोश्रो खेलमा भने शनिबार परेकाले दर्शकको उपस्थिती राम्रो थियो । पहिलो खेलमा गोल गर्न नसके पनि दोश्रो खेलमा नेपालको तर्फबाट गोल होला भनेर धैर्य धारण गरेर बसेका समर्थकहरु नेपालको पक्षमा नारा लगाउदैँ टिमलाई भरपुर हौसला दिइरहेका थिए ।

यतिमात्र हैन मैदानमा प्रवेश नगरेका सयौँ दर्शक त रंगशालाको बाहिरी गेटमा झुण्डिएर खेल हेरिरहेका थिए । सायद त्यो जमात एन्फाले तोकेको मुल्यमा टिकट काट्न असक्षम थिए होलान् ।

तर किर्गिसबिरुद्धको लाइनअप पपिरवर्तन नगरिकनै उही टिमलाई बंगलादेशबिरुद्ध मैदान उतार्दा फेरी नतिजा गोलरहित बराबरी नै निस्कियो । लिगमा नेपालले बंगलादेशबिरुद्ध बराबरी खेल्दै फाइनलमा स्थान बनायो । अब नेपालले फाइनलमा बंगलादेशबिरुद्ध नै खेल्नेछ ।

नेपाल र बंगलादेशको खेल हेरेर फर्किएका समर्थकहरु भने नेपालको फिनिसिङ देखेर आश्चर्यका सार्थ निराश भएका देखिन्थे । धेरैजसो समथकको बुझाई नेपालले अबको खेलमा फिनिसिङमा सुधार नगरि प्रगति हुँदैन भन्ने नै थियो ।

खेल हेरेर फर्किएका एक समर्थकले भने ‘नेपालको खेलमा पहिलेभन्दा धेरै सुधार देखे,पास र डिफेन्स कडा देखियो तर नेपाली खेलाडीले गोल गर्न भने कहिल्यै जानेन । एस्तै पारा हो भने नेपालकोे अन्तराष्ट्रिय गोल हेर्न हामीले धेरै समय पर्खनु पर्ला’

नेपालले नोभेम्बरमा ढाकामा भएकोे मैत्रीपुर्ण खेलमा बंगलादेशलाई पराजित गरेकोे थियो । फिफा बरियतामा नेपालभन्दा पछि रहेकोे बंगालदेशी टिमको प्रदर्शन भने तारिफयोग्य रहेकोे एक समर्थकले बताए ।

‘बंगलादेशले नेपाली टिमलाई हम्मेहम्मे बनायो,उनीहरुको टिममा धेरै सुधार भएछ,नेपाली टिमले भने बल पास गरेर मात्र हुँदैन पोास्ट चार्ज गर्नुपर्छ भन्ने भुलेछ क्यारे’

अर्का समर्थकले भने नेपालको खेलमा खोट लगाउन नमिल्ने र अर्को खेलमा बंगलादेशबिरुद्ध आफ्नै मैदानमा गोल गर्दै समर्थकको मन जित्नुपर्ने बताए ।

‘नेपालको खेल तारफियोग्य छ,यस्तै खेल्यो भने नेपाली फुटबलले छिट्टै प्रगति गर्छ । नेपालमा खेलकुदमा करियर छैन भन्छन् तर यदि यहिँ गतिमा अगाडी बढ्ने हो र अझै सुधार गर्दै खेलाडीलाई प्रोत्साहन दिँदै जाने हो भने भोलीको दिनमा हामीले पनि आफ्ना छोराछोरीलाई फुटबल खेलाडी बन्नबाट रोक्न सक्दैनौँ’ नेपाली खेलकुदको भविष्यबारे एक समर्थकले भने ।

नेपालले अब त्रीदेशीय कपको फाइनलमा भोली बंगलादेशबिरुद्ध नै खेल्नेछ । भोलीको खेलमा नेपाली टिमको प्रदर्शन कस्तो होला भन्ने कुरा भोलीको खेलले नै देखाउनेछ तर हिजोकोे खेलपछि नेपाली प्रशिक्षक बालागेपाल महर्जनले बताएअनुसार नेपाली टिम भोलीकोे खेलमा भने गोल गर्न सफल हुनेछ ।

खेलपछि बोल्दै उनले नेपाली टिममात्र नभएर बंगलादेश र किर्गिस्तान टिमको हालत पनि उस्तै रहेकोे तर फाइनलमा नेपालले गोल गर्नेमा आफु आशावादी रहेको बताएका थिए ।

नेपालले पछिल्लो ७ अन्तराष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । विश्वकप छनोटका खेल अन्तर्गत पछिल्लोपटक चाइनिज ताइपेइबिरुद्ध अन्जन विष्टले नेपालका लागि गोल गरेका थिए ।

भोली हुने फाइनल खेलमा नेपालको मुख्य लक्ष्य गोलको खडेरी तोड्दै गोलसहित घरेलु मैदानमा जारि लिग जित्नु नै हुनेछ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey