जर्मन बुन्डेस लिगा फुटबलमा वुल्फसबर्ग विजयी भएको छ ।
शनिबार राति भएको खेलमा साल्केमाथि ५–० गोल अन्तरको फराकिलो जीत दर्ता गरेको हो ।
वुल्फसबर्गको घरेलु मैदानमा साल्केले शुरुवाती गोल भने उपहार दिएको थिया ।
३१ औं मिनेटमा स्कोडान मुस्ताफीले आत्मघाति गोल गरेपछि वुल्फसबर्गले अग्रता लिन शुरु गर्यो ।
पहिलो हाफमा उपहार गोलमार्फत अग्रता लिएको वुल्फसबर्गले दोस्रो हाफमा भने चार गोल थपेको थियो ।
५१ औं मिनेटमा ओउट वुईघोस्टले गोल गर्दै अग्रता दोब्बर बनाए । बोटे बाकुले ५८ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए ।
यसैगरी जोसेप ब्रेकालोले गोल गरेपछि वुल्फसबर्गले ६४ औं मिनेटमा ४–० को अग्रता लिन सफल भयो ।
७९ औं मिनेटमा म्याक्सिमिलान फिलिपले टिमका लागि पाँचौं गोल गर्दै फराकिलो जीत दर्ता गराए ।
जीतसँगै वुल्फसर्ब ४८अंकका साथ तेस्रो स्थानमा छ भने पराजित भएको साल्के पुछारबाट शीर्ष स्थानमा रहेको छ ।