सन्ताेषी र चन्द उत्कृष्ट खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 383 पटक हेरिएको

गोल्डेन स्पिन्ट मिट एथ्लेटिक्स प्रतियोगितामा सन्तोषी श्रेष्ठ र चन्दबहादुर पुन मगर उत्कृष्ट खेलाडी बनेका छन ।

दशरथ रंगशालामा भएको स्पर्धामा महिलामा सन्तोषी र पुरुषमा चन्द उत्कृष्ट बने । सन्तोषीले तीन हजार मिटरमा स्वर्ण जितेकी थिइन । उनले निर्धारीत दुरी नौ मिनेट ४९.०९ सेकेण्डमा पुरा गरे । उनले नेपाल पुलिसकी राजपुरा पछाईलाई पराजित गरिन । पछाईले १० मिनेट ४१.९ सेकेण्डमा दुरी पुरा गरे ।

पुरुषको तीन हजार मिटरनमा टंक कार्कीले स्वर्ण जिते । उनले निर्धारीत दुरी नौ मिनेट १०.६ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा रहेका शिबबहादुर रायमाझीले नौ मिनेट १६.७ सकेण्डमा दुरी पार गरे ।

महिलाको आठ सय मिटरमा आर्मीकी सरस्वती चौधरीले स्वर्ण जितिन । उनले निर्धारीत दुरी १२.४० सेकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा रहेकी एपीएफकी शिला चौधरीले १४.०९ सेकेण्डमा दुरी पार गरिन ।

आठ सय मिटरको पुरुषको स्वर्ण आर्मीका मुकेश पालले जिते । उनले निर्धारीत दुरी ५९.५ सेकेण्डमा पुरा गरे ।

पुरुषको दुई सय मिटरको स्वर्ण एपीएफका निरप्रताप महतोले हात पारे । उनले दुरी २२.७४ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा अरुण महतो रहे भने तेस्रो स्थान चेतनारायण थानेतले हात पारे ।

महिला तर्फको स्वर्ण आर्मीकी जयरानी थारुले जितिन । उनले दुरी ३६.०७ सेकेण्डमा पुरा गरिन । दोस्रो स्थानमा रेश्मा सुवेदी र तेस्रो स्थान कृष्णाकुमारी चौधरीले हात पारिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey