गत मन्दिर क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 380 पटक हेरिएको

जगत मन्दिर दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। जगत मन्दिरले पुष्पलाललाई ४–० गोलले पराजित ग¥यो। विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ सन्देश सिम्खडाले २ तथा सुविन गिरी र सिमोन खड्काले समान १–१ गोल गरे।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा विद्या सदन, विनायक र विनायक सिद्ध पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भए। विद्या सदनले लुम्बिनी एकेडेमीलाई २–० गोलले हरायो । समिर क्षेत्री र ‘म्यान अफ द म्याच’ विकेश मुखियाले समान १–१ गोल गरे। विनायकले ओम स्कुललाई ४–१ गोलले पाखा लगायो। विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ जेसङ बमजनले ह्याट्रिक गरे भने सविन राईले १ गोल थपे।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा विनायक सिद्धले पशुपति ‘ए’ माथि १–० को कठिन जित दर्ता ग¥यो। समिर थापाले निर्यायक गोल गरे।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey