टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२३
  • |
  • 317 पटक हेरिएको

काठमाडौं । फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।

छनोट मे १३ तारिखदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी गराए।

छनोटमा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहने छ। प्रत्येक राष्ट्रबाट समान २–२ पुरुष÷महिला खेलाडीले भाग लिने छन्। समान १–१ पुरुष÷महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान पक्का गर्ने छन्।

नेपालबाट पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले नेपालको प्रतिनिधित्व गर्ने छन्। तीनदिने प्रतियोगिता सञ्चालन करिब १० लाख खर्च हुने बताइएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey