चौथो भजहर कपः सिवाईसी र यात्री युवा क्लब विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 461 पटक हेरिएको

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर-८ लोहरपुरमा भईरहेको चौथो भजहर कप फुटबल प्रतियोगितामा सिवाईसी र यात्री युवा क्लब विजयी भएका छन् । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको चौथो संस्करणको खेलमा सिवाईसीले हिमसागर युवा क्लबलाई हरायो भने यात्री युवा क्लबले धनगढी फलसिलिङलाई किनारा लगाएको हो ।

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको पहिलो खेलमा सिवाईसीले हिमसागर युवा क्लबलाई टाईब्रेकरमा किनारा लगायो । निर्धारित समय एक एकको बराबरी भएपछि टाईब्रेकरमा सिवाईसीले ५-३ ले नतिजा आफ्नोतिर पारेको हो । दोस्रो खेलमा यात्री युवा क्लबले धनगढी फलसिलिङलाई फराकिलो अन्तरले हरायो । यात्रीले धनगढी फलसिलिङलाई ४-० ले किनारा लगाएको हो ।

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भईरहेको प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey