वेस्ट ह्यामसँग २-२ को बराबरीमा रोकियो लिभरपुल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१६
  • |
  • 253 पटक हेरिएको

काठमाडौँ। उपाधि होडमा रहेको लिभरपुल इङ्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ।

लन्डन स्टेडियममा शनिबार सम्पन्न खेलमा लिभरपुल घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो। 

खेलको ४३औँ मिनेटमा मोहम्मद कुदुसको पासमा जेरड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई शुरूआती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफ शुरू भएको ३ मिनेटपछि नै एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए।

६५औँ मिनेटमा वेस्ट ह्यामका अल्फोन्स अरेओलाले आत्मघाती गोल गर्न पुगेका थिए। कोडी गाक्पोको प्रहार गोलरक्षक अरेओलालाई लाग्दै पोस्टमा छिरेको थियो।

७७औँ मिनेटमा माइकल एन्टोनियोले बोवेनको पासमा गोल गर्दै खेल २-२ को बराबरीमा सक्काए। बराबरीसँगै लिभरपुलले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। तेस्रो स्थानमा रहेको लिभरपुलको ३५ खेलबाट ७५ अंक रहेको छ।

आठौँ स्थानमा रहेको वेस्ट ह्यामको समान खेलबाट ४९ अंक छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey