प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 190 पटक हेरिएको

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

ललितपुर जिल्लाको महाङ्काल गाँउपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको छ र समितिहरुले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन ।

जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरणको गरिरहेको, पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ । त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगितामा प्रदेशभरका १ सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रहेको छ भने प्रतियोगिताको विजेतालाई तीन लाख रुपैंयाँ, उपविजेतालाई दुई लाख तथा तृतीय हुने २ टिमलाई १ -१ लाख रुपैंयाँ प्रदान गरिने छ । साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानले जानकारी दिए ।

वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैंयाँ रकम राखिएको छ । प्रतियोगिताका क्रममा १ करोड ३९ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकको भनाइ छ । प्रतियोगिता महाकाल माविको प्राङ्गणमा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey