गणेशमान टी - २० मा बागमती विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 273 पटक हेरिएको

काठमाण्डौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता अन्तर्गत मंगलवार भएको पहिलो खेलमा बागमती प्रदेशले जित हात पारेको छ।

प्रतियोगितामा लगातार चौथो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर सुरुवातमा बलिङ्ग गर्ने निर्णय लिएको बागमतीले गौतम केशीको ५ विकेटको सहयोगमा कर्णालीलाई १९.४ ओभरमा १२० रनमा समेटेको थियो। कर्णालीका लागी विपिन शाहीले ५१ रन बनाएपनि अन्य ब्याट्समेनले साथ दिन नसक्दा टोलि झिनो योगफलमा नै रोकिएको थियो। बागमतीका लागी गौतम केशीले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए।

यस्तै सोनु देवकोटा र रिजन ढकालको नाममा समान २/२ विकेट रह्यो। जवाफमा १२१ रनको सहज लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित हात पार्यो। बागमतीको चेजमा कप्तान रित गौतमले सर्वाधिक ३३ रन तथा शुभ कंसाकार र इशान पाण्डेले समान २८/२८ रन बनाए। प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्दै छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey