रोमा अन्तिम चारमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 285 पटक हेरिएको

काठमाडौँ। इटालियन सिरि ए क्लब रोमा युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। 

गएराति सम्पन्न खेलमा अर्को इटालियन सिरि ए क्लब एसी मिलानलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै रोमा अन्तिम चारमा पुगेको हो।

कार्टरफाइनलको पहिलो लेगमा दुवै टोली १-१ गोलको बराबरी खेलेका थियो। तर, बिहीबार राति सम्पन्न खेलमा ओलम्पिक स्टेडियममा सम्पन्न दोस्रो लेगमा २-१ जित हासिल गर्दै घरेलु टोली रोमा अन्तिम चारमा पुगेको हो।

खेलको १२औँ मिनेटमा जियानलुका मैनसिनीको गोलमा रोमाले अग्रता लिएको थियो। उनले लोरेन्जो पेलेग्रिनीको पासमा गोल गरे।

२२औँ मिनेटमा पाउलो डिबालाले गोल गर्दै रोमाको अग्रता दोब्बर बनाए। ३१औँ मिनेटमा रोमा १० खेलाडीमा समेटियो। जेड सेलिक रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

८५औँ मिनेटमा माटेओ गाबियाले मिलानको लागि गोल गरेपनि हारबाट बचाउन प्रयाप्त रहेन।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey