लिभरपुललाई पछि पार्दै एटलान्टा सेमिफाइनलमा

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-०७
  • |
  • 368 पटक हेरिएको

इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराएपनि आफ्नै मैदानमा ब्यहोरेको ३–० को पराजयले लिभरपुललाई प्रतियोगिताबाट बाहिर पुर्याएको हो ।

दोस्रो लेगमा मोहम्मद सलाहको सातौं मिनेटको पेनाल्टी गोल निर्णायक बनेको थियो । अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेसँग प्रतिष्पर्धा गर्नेछ । मार्सेले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो ।

यस्तै वेष्टह्याम युनाइटेडलाई समग्रमा ३–१ ले हराउँदै जर्मन क्लब बायर लिभरकुसेन र एसी मिलानलाई समग्रमा ३–१ ले हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम चारमा पुगेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey