आइपिएलमा पञ्जावमाथि मुम्बईको जीत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०७
  • |
  • 294 पटक हेरिएको

इण्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराती भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ ।

मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाव किंग्सलाई नौ रनले हरायो ।

एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो ।

आशुतोश शर्माले विस्फोटक ब्याटिङ गरेपनि अन्तिम तीन ओभरमा मुम्बईका बलरले तीन विकेट लिँदा जित नजिक पुगेको पञ्जावले पराजय भोग्यो ।

७७ रन बनाउँदा ६ विकेट गुमाइसकेको पञ्जावका लागि आशुतोषले २८ बलमा दुई चौका र सात छक्का प्रहार गरेर ६१ रन बनाए । यस्तै शशांक सिंहले २५ बलमा ४१ रन बनाए ।

ब्लिङतर्फ जस्प्रित बुम्राह र जेराल्ड कोट्जीले तीन तीन विकेट लिए भने आकाश मधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो । यसका लागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए ।

उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए । ब्लिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने साम कुरानले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे ।

जीतसँगै मुम्बई ६ अंक बनाउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाव नवौं स्थानमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey