उसुमा बागमती टिम च्याम्पियन
- नेप्लेज
- |
- २०८१-०१-०६
- |
- 408 पटक हेरिएको
राष्ट्रपति रनिङ सिल्डको उसुमा बागमती टिम च्याम्पियन बन्यो। बागमतीले ५ स्वर्ण, ५ रजत र २ कांस्य जित्यो।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगितामा सुदूरपश्चिम ५ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको कोशीले समान २/२ स्वर्ण र कांस्य हात पा¥यो। १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा दोश्रो दिन ८ स्वर्णको टुंगो लागेको थियो।
दोश्रो दिन सान्सौंको छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी, ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्ट र ४८ केजीमा बागमतीका अरुण सुनारले स्वर्ण जिते।
सान्सौंकै छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दिक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राई पहिलो भए। छाङछ्वानको पुरुषमा बागमतीका हिमान्शु खड्का तथा महिलामा सुदूरपश्चिमकी दिपिका चौधरीले शीर्ष स्थान हात पारे।