रानीवनमाथि साँगाको जित
- नेप्लेज
- |
- २०८१-०१-०६
- |
- 394 पटक हेरिएको
काठमाडौँ । शहिद स्मारक सी डिभिजन लिगमा स्पोर्टस एकेडेमी साँगाले विजयी हासिल गरेको छ।
बिहिवार एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा रानीवन स्पोर्ट्स क्लबमाथि साँगाले एक शून्य गोलको जित हासिल गरेको हो।
साँगाको जितमा टिकराज गुरुङले गोल गरे। उनले खेलको ५६औँ मिनेटमा गरेको एक मात्रै गोल निर्णयक बन्यो।
जितसँगै साँगाले जारी सिजन ३ खेलबाट ६ अंक जोडेको छ। यो साँगाको दोस्रो जित हो। यता, समान खेलबाट पहिलो हार व्यहोरेको रानीवनको २ अंक रहेको छ।
यसअघि झम्सिखेललाई १-० ले पराजित गरेका साँगाले मनोहरा युनाइटेड युथ क्लबसँग ३-२ को हार ब्यहोरेको थियो।
रानीवन यसअघि महावीर स्ट्डिज एन्ड एथलेटिक्स एसोसिएसनसँग १-१ तथा समाज कल्याण खेलकुद केन्द्रसँग गोलरहित बराबरी खेलेकाे थियो।