नेपाललाई मलेसियाविरुद्धको टी–२० सिरिज


-
नेप्लेज
- |
- २०८०-०२-२१
- |
- 519 पटक हेरिएको
मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले टी–२० सिरिज आफ्नो पक्षमा पारेको छ । निर्णायक तथा अन्तिम टी–२० खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज ३–२ जितेको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२ ओभरमा सात विकेट गुमाउँदै भेट्टाएको हो । नेपालले १९.२ ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ३४ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले २३ रनको योगदान गरिन् । त्यस्तै अप्सरी बेगम १५ तथा ज्योति पाण्डे १० रनमा अविजित रहँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
मलेसियाका लागि एैना हाासिमले दुई तथा माहिरा इज्जाति, विनिफ्रेड दुराईसिंगम, अइसा इलिसा र नुर डानिया सुईहाडाले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो ।
मलेसियाका वेन जुलियाले सर्वाधिक ४६ रन बनाइन् । यसैगरी वेनफर्ड डुरसिंगमले २४ रन बनाउँदा महिरा इज्जती इस्माइलले २० रनको योगदान गरेपछि मलेसियाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
नेपालका लागि कविता जोशीले २ विकेट लिँदा इश्वरी विष्टले एक विकेट हात पारिन् ।