मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२१
  • |
  • 582 पटक हेरिएको

महिला टी २० क्रिकेटको सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई घरेलु टोली मलेसियाले ११० रनको लक्ष्य दिएको छ । सिरिजमा दुवै टिम २–२ को बारबरीमा रहेका छन् । आजको विजेताले सिरिजि जित्ने छ । पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै २–१ को अग्रता लिएको थियो । तर चौथो खेलमा पराजित भएपछि आजको अन्तिम खेल सिरिजको छिनोफानो लागि प्रतिस्पर्धात्मक बनेको छ ।

नेपालले टस जितेर पहिला बलिङ रोजेपछि सुरुआती ब्याटिङमा आएको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो ।

May be an image of 1 person

मलेसियाका वेन जुलियाले सर्वाधिक ४६ रन बनाइन् । यसैगरी वेनफर्ड डुरसिंगमले२४ रन बनाउँदा महिरा इज्जती इस्माइलले २० रनको योगदान गरेपछि मलेसियाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । नेपालका लागि कविता जोशीले २ विकेट लिँदा इश्वरी विष्टले एक विकेट हात पारिन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal