जर्मन कपको उपाधि लाइपजिगलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२१
  • |
  • 480 पटक हेरिएको

जर्मन कप फुटबलको उपाधि आरबी लाइपजिगले जितेको छ ।

गयराति भएको फाइनलमा फ्रान्कफुर्टलाई २–० गोल अन्तरले पराजित गर्दै लाइपजिगले उपाधि जितेको हो ।

  लाइपजिलाई जिताउन क्रिष्टोफर एनकुन्कु र डोमिनिक स्जोबास्जालाईले एक एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएका थिए ।

७१ औं मिनेटमा क्रिस्टोफरले गोल गरेपछि लाइपजिगले अग्रता लियो ।

८५ औं मिनेटमा डोमिनिकले गोल गरेपछि अग्रता दोब्बर हुन पुगेको थियो ।

यही अग्रता अन्तिमसम्म कायम राख्दै लाइपजिगले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जित्न सफल भयो ।  

Image

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal