क्रिकेटर इशान पाण्डे बने अभिवादनको ब्रान्ड एम्बेसडर

  • Image नेप्लेज
  • २ मंसिर २०८३, बुधवार
  • 83 पटक हेरिएको
क्रिकेटर इशान पाण्डे बने अभिवादनको ब्रान्ड एम्बेसडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र सुदूरपश्चिम रोयल्सका खेलाडी डा. इशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

अभिवादन एक्सपिडिसन होलिडेज प्रालिले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै इशानलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

कार्यक्रममा कम्पनीका अध्यक्ष डा. उमेश गुप्ता र इशानले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार इशानले कम्पनीका विभिन्न ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन्।

नेपाली क्रिकेट र पर्यटन क्षेत्रलाई एकसाथ जोड्दै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सहकार्य गरिएको कम्पनीले जनाएको छ। सम्झौतापछि कम्पनीका अध्यक्ष गुप्ताले पाण्डे नेपाली क्रिकेटमा अनुशासन, ऊर्जा र राष्ट्रिय गौरवको प्रतिनिधित्व गर्ने खेलाडी भएकाले उनलाई ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।

थ्री वे ग्लोबलले व्यवस्थापन गरेको कार्यक्रममा इशानले पनि कम्पनीसँग जोडिन पाउँदा गर्व महसुस भएको बताउँदै नेपालको पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन योगदान गर्ने बताए।

२७ वर्षभन्दा लामो अनुभव रहेको अभिवादन एक्सपिडिसन होलिडेजले नेपाल, भुटान र बंगलादेशमा पर्यटनसम्बन्धी सेवा प्रदान गर्दै आएको बताइएको छ। कम्पनीले ट्रेकिङ, कर्पोरेट ट्राभल, भुटान भ्रमण तथा कैलाश मानसरोवर यात्रालगायतका सेवा उपलब्ध गराउँदै आएको छ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment