पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

  • Image नेप्लेज
  • १ मंसिर २०८३, मङ्गलवार
  • 39 पटक हेरिएको
पहिलो क्वालिफायर : टस जितेर लुम्बिनीले फिल्ड रोज्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको सुदूरपश्चिम रोयल्सले पहिलो इनिङ्समा ब्याटिङको निम्तो पाएको छ।

अंकतालिकामा पहिलो र दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेलिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सको क्रमश ११ र १० अङ्क रहेका छन्। लुम्बिनी लायन्सले लिग चरणमा पाँच जित एक हार र एक खेलमा अङ्क बाँड्दै ११ अङ्क सहित तालिकाको शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्ने पक्का गरेको हो।

त्यस्तै,अंकतालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले लिगको सात खेलमा ५ जित र दुई हारसहित १० अङ्क जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्न लागेको हो। साबिक विजेता समेत रहेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई नै पराजित गर्दै उपाधि जितेको थियो।

त्यस्तै लुम्बिनी लायन्ससँग पहिलो खेलमा सात विकेटले पराजित भएको थियो। लुम्बिनी लायन्स जितको मोमेन्टमलाई कायम राख्न चाहन्छ भने सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको फाइनल र तेस्रो संस्करणको लेख चरणको पहिलो खेलमा बेहोरेको हारको नतिजा उल्टाउने अपेक्षा सहित मैदानमा उत्रँदै छ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ