काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले काठमाडाैं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गर्दै आउट भएका छन् ।
भुर्तेल १ रनले शतक बनाउन बाट चुके । शतक हानेमा उनी एनपीएल इतिहासमै शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए ।
उनी ५१ बलमा ९९ रनमा आउट भए । भुर्तेलले ८ चौका ८ छक्का प्रहार गरे ।
उनलाई काठमाडाैंका अनुभवी बलर करण केसीले आउट पारे ।