काठमाडौंविरुद्ध पोखराको २०० रन पूरा

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 80 पटक हेरिएको
काठमाडौंविरुद्ध पोखराको २०० रन पूरा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा पोखाले विष्फोटक ब्याटिङ गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराको २ सय रन पूरा भएको छ । खेलको १७ ओभर ५ बलमा पोखराका कुशल भुर्तेलले चौका प्रहार गर्दै पोखराको २ सय रन पूरा गरेका हुन् ।

हालसम्म पोखराले एकमात्र विकेट गुमाएको छ । खेलको २ ओभर २ बलमा अर्जुन कुमाल ६ बलमा ५ रन बनाएर आउट भएयता पोखराले कुनै विकेट गुमाएको छैन ।

कप्तान कुशल भुर्तेल र युवराज साम्राको जोडीले हालसम्म १८५ रनको साझेदारी गरेको छ ।

लिगमा काठमाडौं यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने पोखरा लिग चरणबाटै बाहिरिएको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ