एनपीएल : कर्णाली चितवनलाई दियो १५४ रनको बलियो लक्ष्य

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 51 पटक हेरिएको
एनपीएल : कर्णाली चितवनलाई दियो १५४ रनको बलियो लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चीतवन राइनोज र कर्णाली याक्सबीच टियु मैदानमा जारी खेलमा कर्णालीले चितवनलाई जितका लागि १५४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो ।

हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे ।

यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई–दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक–एक सफलता हात पारे ।

चितवनले प्लेअफमा स्थान बनाइसकेको छ भने कर्णाली बाहिरिएको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ