डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

  • Image नेप्लेज
  • २८ कार्तिक २०८३, शनिवार
  • 47 पटक हेरिएको
डेविड मिलर, वाट र तलात सगरमाथाको आधार शिविरमा

काठमाडौं । कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन चर्चित खेलाडीहरुले सगरमाथाको आधार शिविरको अवलोकन गरेका छन् ।

कर्णाली याक्सले दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटलाई विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गराएको हो ।

मिलरले विश्वको सर्वाेच्च शिखरको अनुभव निकै रमाईलो र अविस्मरणीय भएको बताएका छन् ।

कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपालमा पर्यटन प्रवर्धन गर्न विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको र सोहीअनुसार तीन खेलाडीलाई आधार शिविरमा पुर्याएको बताएका छन् । ‘नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्छ भनेर नै हामीले विश्व चर्चित डेविड मिलरजस्ता खेलाडीलाई एनपिएलमा ल्याएका हौं । सोहीअनुसार टिममा आवद्ध भएका खेलाडीलाई हामीले आधार शिविर अवलोकन गराएका छौं ।’ 


#एनपीएल