एनपीएल : विराटनगरले लुम्बिनीलाई दियाे १६७ रनकाे लक्ष्य

  • Image नेप्लेज
  • २८ कार्तिक २०८३, शनिवार
  • 69 पटक हेरिएको
एनपीएल : विराटनगरले लुम्बिनीलाई दियाे १६७ रनकाे लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रनको योगफल तयार पारेको हो ।

विराटनगर किंग्सका लागि चारिथ असलंकाले अर्धशतकीय इनिङ खेले । ४३ बल खेलेका असलंकाले १ चौका र ६ छक्का प्रहार गर्दै ६४ रन जोडे ।

शुभम रञ्जाने ३१ रनमा अविजित रहे । २४ बल खेलेका रञ्जानेले ४ चौका प्रहार गरे । बसिर अहमद ६ रनमा अविजित रहे । २ बल खेलेका बसिरले १ चौका प्रहार गरे । इमरान शेख भने २४ रन बनाएर रिटायर्ड हर्ट भए । इमरानले २९ बलमा १ छक्का प्रहार गरे । ओपनर लोकेश बम १५ रन बनाएर पभिलियन फर्किए । १७ बल खेलेका लोकेशले २ चौका प्रहार गरे । इसुरु उडाना ६ रनमा पभिलियन फर्किए । ३ बल खेलेका उडानाले १ छक्का प्रहार गरे ।

लुम्बिनी लायन्सका लागि किशोर महतोले २ तथा अभिषेश गौतम र रुबेन ट्रम्पलम्यानले समान १-१ विकेट लिए ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ