काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यही नोभेम्बर १२ देखि २२ सम्म भारतको ब्यान्ग्लोरमा सञ्चालन हुने नेपाल-भारत यू-१९ महिला टी-२० शृंखला खेल्ने टोली घोषणा गरेको छ।
क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा गरेको हो।
टिम सूची :
१. सोनी पाख्रिन (कप्तान)
२. रचना कुमारी चौधरी
३. रिया शर्मा
४ . प्रिन्सा राना मगर
५. टिका साह
६. अन्जिला पाठक
७. साक्षी यादव
८. सावित्री धामी
९. मनीषा चौधरी
१०. आशिका कुमारी महरा
११. आस्रा चौधरी
१२. प्रथा श्रेष्ठ
१३. ज्योत्स्निका मरासिनी
१४. पूर्णिमा राजवंशी
१५. तिर्सना विश्वकर्मा