काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले ब्याटिङ गर्ने भएको हो।
तीन खेलमा जित र एक खेलमा हार भोगेको काठमाडौं गोर्खाज ६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
समान चार खेलबाट दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ।