काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
जारी सिजनमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर बनाएको २१७ रनको लक्ष्य कुनैपनि टिमले एनपीएल इतिहासमा बनाएको दोस्रो सर्वाधिक रन हो। एनपीएल इतिहासमा बिराटनगर किंग्सले पोखरालाइ २०२५ मा २२० रनको लक्ष्य दिएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि क्यानडका २० वर्षीय युवा स्टार युवराज सिंह सम्राले शानदार शतकीय इनिङ खेले। साम्राले ४८ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय २ रनको विष्फोटक इनिङ खेले। उनी जारी एनपिएलमा पहिलो शतक प्रहार गर्ने खेलाडी समेत बने। साम्राले कुशल भुर्तेल सँग दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरेका थिए। त्यस्तै कुशल भुर्तेल ३९ बलमा ७ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए। उनको पनि यो जारी एनपिएलकै उच्च ब्यक्तिगत स्कोर हो।
यी दुई बाहेक कप्तान चामिका करुनारत्नेले ११ बलमा ३५ रन बनाए। कर्णालीका लागि सोमपाल कामीले २ विकट लिंदा मार्क वाटले एक विकेट लिएका थिए।
जारी सिजन पोखरा आफ्ना अघिल्ला सबै ४ खेलमा हार भोगेकाले पहिलो जितको खोजिमा रहेको छ। कर्णाली भने आफ्नो तेस्रो जितको प्रयासमा मैदान उत्रिंदै छ।