काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।
एनपीएलका २ भेटमा दुबै टोलीले एक–एक खेल जितेका छन्।
पहिलो सिजन जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गरेको थियो।
दोस्रो सिजन भने लुम्बिनीले जनकपुरलाई ४ विकेटले हराएको थियो।