काठमाडौं । लोकेश बम, इमरान शेख र आन्द्रे रसेलको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु जितका लागि १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रनको योगफल तयार पारेको हो।
विराटनगरका लागि तीन ब्याटरले अर्धशतक पूरा गरे। एनपीएलको एकै इनिङ्समा तीन ब्याटरले अर्धशतक पूरा गरेको यो पहिलो खेल हो। ४५ बलमा ५ चौका र २ छक्का सहयोगमा इमरान शेखले ५६ रनको योगदान दिए। रसेलले २९ बलमा २ चौका र ५ छक्का सहयोगमा ५२ रनमा अविजित रहे। शुभम रन्जाने ७ रनमा नटआउट रहे। ४० बलमा ३ चौका र ३ छक्का सहयोगमा ५० रन बनाएका लोकेश बम राहुल यादवको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए। एनपीएलमा २ अर्धशतक पूरा गर्ने लोकेश पहिलो खेलाडी हुन्।
यसअघि तृतराज दास, सोमपाल कामी, डेविड मलान, मोइन अली र दीपेन्दसिंह ऐरीले अर्धशतक हानेका थिए। जारी एनपीएलमा अहिलेसम्म आठ अर्धशतक भएको छ। आन्द्रे रसेलले ५२ रनको योगदान दिए। ओपनर सेहनान जयासुरिया १ रनमा नै आउट भए। जनकपुरका लागि अविशेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए। जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।